नेपाली टोली पहिलो हाफमा २–० ले पछि « Khabarhub

नेपाली टोली पहिलो हाफमा २–० ले पछि


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाली महिला राष्ट्रिय टोली पहिलो हाफमा पछि परेको छ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा भइरहेको फाइनलमा उज्वेकिस्तानसँग नेपाली टोली पहिलो हाफको खेल सकिँदा २–० गोलले पछि परेको छ ।

उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाली टोलीको रक्षापङ्ती कमजोर भइदिँदा नेपाल पछि परकेो हो ।

उज्वेकिस्तानले नेपालविरुद्ध ३९ औं मिनेटमा गोल गरेको हो । समूह चरणको खेलमा पनि नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको थियो ।

तर, किर्गिस्तान र ताजकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यास खेलका रुपमा नेपाली टोली किर्गिस्तान पुगेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ०२ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज