नेपाली टोली पहिलो हाफमा २–० ले पछि « Khabarhub

नेपाली टोली पहिलो हाफमा २–० ले पछि


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाली महिला राष्ट्रिय टोली पहिलो हाफमा पछि परेको छ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा भइरहेको फाइनलमा उज्वेकिस्तानसँग नेपाली टोली पहिलो हाफको खेल सकिँदा २–० गोलले पछि परेको छ ।

उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाली टोलीको रक्षापङ्ती कमजोर भइदिँदा नेपाल पछि परकेो हो ।

उज्वेकिस्तानले नेपालविरुद्ध ३९ औं मिनेटमा गोल गरेको हो । समूह चरणको खेलमा पनि नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको थियो ।

तर, किर्गिस्तान र ताजकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यास खेलका रुपमा नेपाली टोली किर्गिस्तान पुगेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ०२ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित