फिल्म हलमा राष्ट्रिय गान बजाउने निर्णयबारे थाहा छैन– सञ्चारमन्त्री « Khabarhub

फिल्म हलमा राष्ट्रिय गान बजाउने निर्णयबारे थाहा छैन– सञ्चारमन्त्री


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चलचित्र सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान बजाउनेबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

मन्त्रिपरिषद बैठकहरुको निर्णय सार्वजनिक गर्न विहीवार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाँस्कोटाले  फिल्म हलमा राष्ट्रिय गान बजाउने कुरा आफूले पनि हल्ला सुनेको तर त्यो सत्य नभएको बताए ।

‘फिल्म हलमा राष्ट्रिय गान बजाउने कुरा मैले पनि सुनेको छुँ’ मन्त्री बाँस्कोटाले भने,‘फिल्म क्षेत्रको मन्त्रालय यही हो, यस्तो निर्णयबारे मलाई चाँही थाहा छैन ।’

‘पहिला पहिला हावा नचलि पात हल्लदैन भन्थे तर अहिले हावा नलागी पनि पात हल्लने रहेछ,’ मन्त्री बाँस्कोटाले भने,‘राष्ट्रिय गान मर्यादा, स्वतन्त्रता, राष्ट्रिय गौरवको विषय हो । त्यसमा छुट्टै कानूनी प्रवन्ध छ, कहाँ गर्ने कसरी गर्ने भन्ने बारेमा, राष्ट्रिय गान बजाउँनै हुँदैन भन्ने हुँदैन ।’

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ०५ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट