दशैंका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने « Khabarhub

दशैंका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँमा घर जाने यात्रुका लागि आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसँग बिहीबार बसेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

असोज ५ गतेदेखि यात्रुहरुले अग्रिम टिकट काट्न पाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

दशैंमा यात्रुको चाप बढी हुनाले अहिलेसम्म २ सय ५० बस समेत थपिएको उनले जानकारी दिए ।

व्यवसायीहरुले लामो समयदेखि दशैं अगाडि सार्वजनिक यातायातको भाडा बढाउने माग राख्दै आए पनि तत्कालका लागि भने भाडा नबढ्ने भएको छ । तर छठपछि भने कार्यदल नै गठन गरेर वैज्ञानिक भाडा दर लागू गर्ने सहमति भएको भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु