डेंगु नियन्त्रण प्रभावकारी नभएको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग « Khabarhub

डेंगु नियन्त्रण प्रभावकारी नभएको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद संञ्जय कुमार गौतमले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा मन्त्रालय विषयवस्तुको गार्भियतामा संवेदनशील नबनेको भन्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् ।

डेंगुबारे यथार्थ जानकारी गराउन सभामुखले सरकारलाई रुलिङ्ग गरेपछि आफ्नो धारणा राखेका सांसद गौतमले रुलिङ्ग गरेर मात्रै नहुने भन्दै आक्रोश पोखे ।

उनले भने, “स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? चुप लागेर बसेर रुलिङ्ग गरेर । टेबुल ठोकेर र सत्ता पक्ष कै सांसदले विरोध जनाएर मात्रै पुग्दैन । दुई तिहाईको एब्सुल्युट गर्भरमेण्ट हो यो । यतिबेला तपाईहरुले दिन नसकेको सुशासन कस्ले दिन सक्छ ? यतिबेला यो रुलिङ्ग गर्दिएको भरमा मात्रै यो झारा टार्ने काम । कहीँ नभएको जात्रा हाडी गाउमा भन्ने उखानलाई चरितार्थ गरेर मात्रै पुग्दैन । म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजिनामा माग्छु । र सरकार यसरी अमुकदर्शक बनेर बस्न हुदैन सभामुख महोदय । तत्काल संकटकालको घोषणा गर्नुपर्छ । देश आक्रान्त छ । तर सरकार मौन छ । म यसमा घोर आपत्ती जनाउदै तत्काल राजिनामाको माग गर्छु । ”

पछिल्लो तथ्याङ्क अनुसार, मुलुकभर ५ हजार बढी जना डेंगुबाट संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ५ : ३९ बजे

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपाका नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी