प्रदेशको अधिकार कटौतीविरुद्ध सर्वोच्च जाने मुख्यमन्त्री राउतको चेतावनी | Khabarhub Khabarhub

प्रदेशको अधिकार कटौतीविरुद्ध सर्वोच्च जाने मुख्यमन्त्री राउतको चेतावनी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले संविधानको भावना विपरित प्रदेशको अधिकार कटौती हुनेगरी ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री राउतले संविधान विपरित संघीय सरकारले ल्याएको विधेयक स्वतः खारेज हुने संवैधानिक व्यवस्था भएकाले पनि संविधान विपरित हुने गरी प्रदेश सरकारसँग सम्बन्धित संघीय सरकारले ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले संघीय सरकारले आवश्यक वातावरण नबनाएकाले प्रदेश सरकारले कामै गर्न नसकेको तर्क पनि गरे ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई दिएको वन व्यवस्थापन गर्ने अधिकार कटौती हुने गरी संघीय सरकारले वन विधेयक ल्याएको दृष्टान्त पेश गर्दै यसलाई खारेज गराउन अदालत जानुको विकल्प नरहेको स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले मुलुक संघीयतामा गएपनि सोही अनुसारको मानसिकता संघीय सरकारले नलिएको दावी गर्दै असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : १४ बजे

४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल

काठमाडौं – तमिल सिनेमाका दुई महानायक रजनीकान्त र कमल हासन

ताराखोला गाउँ जलविद्युतको ‘हब’ : एउटै खोलामा ६ वटा आयोजना 

बागलुङ– बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

बागलुङ– यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित

बैतडीमा डेङ्गीको जोखिम बढ्दो, सात जनामा सङ्क्रमण पुष्टि

बैतडी– बैतडीमा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

काठमाडौं– आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस मनाइँदै