लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना « Khabarhub

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ ।

स्थापना भएको झण्डै पाँच वर्षपछि खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि अब विश्वविद्यालयको प्रशासनिक कामकाज खजुराबाट सञ्चालन हुने भएको हो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद ढकाललाई भवन र जग्गाको स्वामित्वसम्बन्धी कागजात आज हस्तान्तरण गरे ।

गाउँपालिका अध्यक्ष विकले खजुरालाई शैक्षिक र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी देशको समृद्धिमा यो विश्वविद्यालय कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।

‘खजुरामा क्यान्सर अस्पताल र कृषि क्याम्पस जस्ता प्रतिष्ठित संस्थालाई स्थानीयले जसरी अपनत्व दिएका छन् । यो विश्वविद्यालयले त्यस्तै माया र साथ पाउनेछ’, उनले भने, ‘विश्वविद्यालयलाई आवश्यक सहयोग र समन्वयका लागि गाउँपालिका सधैँ तत्पर रहेको छ ।’

उपकुलपति प्रा. डा. विनोद ढकालले अब छिट्टै खजुराबाटै विश्वविद्यालयका प्रशासनिक र प्राज्ञिक गतिविधि अगाडि बढ्ने जानकारी दिए ।

विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले जग्गा प्राप्तिको कानुनी अल्झनका कारण प्रदेश सरकारले विनियोजन गरेको बजेट बर्सेनि फ्रिज हुने गरेको बताए । सुरुमा ९४ बिघा जग्गाको प्रस्ताव गरिए पनि हाल ५० बिघामा झारिएको र सो फाइल सङ्घीय मन्त्रिपरिषद्मा निर्णयको पर्खाइमा रहेको उनले बताए ।

प्रदेश सरकारले २०७८ सालमा ‘विश्वविद्यालय ऐन’ जारी गरी यसलाई कानुनी रूपमा स्थापित गरेको थियो । खजुरामा भवन प्राप्त भएसँगै अब विश्वविद्यालयको स्थायी उपस्थितिको सुनिश्चितता भएको छ ।

हाल यो विश्वविद्यालयले नेपालगञ्जमा अस्थायी मुकाम बनाएर प्राविधिक, सूचना प्रविधि र इञ्जिनियरिङका कक्षा सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ९ : ४९ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,