चीनले यसैवर्ष ९५ प्रतिशतलाई गरीबीबाट मुक्त गर्ने | Khabarhub Khabarhub

चीनले यसैवर्ष ९५ प्रतिशतलाई गरीबीबाट मुक्त गर्ने


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको गरिबीको रेखामूनि रहेको जनसङ्ख्याको ९५ प्रतिशत जनसङ्ख्यालाई सन् २०१९ भित्र गरीबीबाट मुक्त गरिने चिनियाँ उच्च अधिकारीले शुक्रबार बताएका छन् ।

गरीबी निवारण तथा विकासका लागि राज्य परिषद् नेतृत्व समूहका निर्देशक लिउ योङ्फुले भने, ‘चीनका ९० प्रतिशतभन्दा बढी गरीब काउन्टी (इलाका) को गरीबी यस बर्षभित्र अन्त्य गरिने योजना चीनको छ । राज्यका विभिन्न निकायहरूले यस योजनालाई साकाररूप दिन युद्धस्तरमा काम गरिरहेको छ ।’

‘चीनको गरीबी नियन्त्रणका लागि भएको निरन्तरको प्रयासबाट आगामी बर्ष अर्थात् सन् २०२० सम्ममा यहाँका जनतालाई गरीबीको रेखामूनिबाट बाहिर ल्याइनेछ,’ उनले भने ।

चीनले विगत केही दशकमा गरिबीविरूद्धको लडाईमा ऐतिहासिक सफलता पाएको छ । यसैकारणगरिबी नियन्त्रणका लागि चीनलाई विश्वकै नमूनाका रूपमा विश्वले हेर्ने गरेको छ ।

चीनको सरकारी तथ्याङ्क अनुसार सन् २०१८ मा ग्रामिण क्षेत्रमा वसोबास गर्ने एक करोड ३८ लाख ६० हजार जनसङ्ख्या गरीबीबाट बाहिर आएको देखाएको छ ।

सन् २०१२ मा गरीबीको रेखामूनि रहेको चिनियाँ जनसङ्ख्या नौ करोड ८९ लाख ९० हजार रहेकोमा सन् २०१८ को अन्त्यसम्ममा यो सङ्ख्या एक करोड ६० लाख ६० हजारमा झरेको छ ।

चीनका राष्ट्रपति सी जिन पिङले सन् २०२२ सम्ममा चीनबाट गरीबीलाई पूर्णरूपमा अन्त्य गर्ने घोषणा अनुसार चीनले यहाँको गरीबीलाई निरन्तर तथा युद्धस्तरमा घटाउँदै गएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ६ : ४५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम