चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको तयारी पूरा, यस्तो छ कार्यतालिका « Khabarhub

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको तयारी पूरा, यस्तो छ कार्यतालिका


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । सीको सुरक्षाका लागि नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गर्ने छन् ।

राष्ट्रपति सी एयर चाइनाको विमानबाट शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका छ ।

उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नै बिमानस्थल पुग्ने कार्यक्रम रहेको छ । विमानस्थलको स्वागतपछि नेपाली सेनाको टुकडीले विमानस्थलमै सीलाई राजकीय सलामी अर्पण गर्नेछ। त्यसपछि सी विमानस्थलबाट सिधै सोल्टी होटल प्रस्थान गर्ने छन्। विमानस्थल ओर्लेपछि उनी बस्ने होटल र सवारी रुटमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

आधा घण्टा आराम गरेपछि सी नेपाली समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि राष्ट्रपति भवन शीतलनिवास जाने छन्। त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गर्ने विशेष रात्रिभोजमा सरिक हुन सोल्टी होटल फिर्ता हुने कार्यक्रम तय भएको छ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका
शनिबार (आज)
५ : ०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सी सोल्टी होटल प्रस्थान
६ : ०० बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान
६ : ३० बजे
राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
७ : १५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ : ३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

आइतबार (भोली)
१० : ३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ : ३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
१ : ०० बजे
स्वदेश फिर्ता

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : ०२ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद