धारिलो हतियार प्रहार गरी आमा र छोरीको हत्या « Khabarhub

धारिलो हतियार प्रहार गरी आमा र छोरीको हत्या


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– धारिलो हतियार प्रहार गरी उदयपुरमा गएराति एकै परिवारका दुई जनाको हत्या भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो । त्रियुगा नगरपालिका–९ चौकीबारी बस्ने ३० वर्षीया आमा शारदा कुमारी चौधरी (गोमा) र उनकी ९ बर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुवैको विभत्स अवस्थामा शव फेला परेको हो । हत्या किन र कसले गरेको भन्ने अहिलेसम्म केही खुल्न सकेको छैन् । हत्यामा संलग्नको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले बताए ।

एसपी मगरका अनुसार हत्यारा पत्ता लगाउन धरानबाट तालिम प्राप्त कुकुर समेत ल्याइएको बताए । २४ घण्टा नबित्दै हत्यारा पत्ता लगाउन आफुहरू लागि परेको उनले जानकारी दिए ।

मृतक शारदाका श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ११ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना