चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटल पूरै रिजर्भ, भाडा कति ? | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति बस्ने सोल्टी होटल पूरै रिजर्भ, भाडा कति ?


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

साँझ ५ बजे विमानस्थलमा उत्रिएपछि सी होटल सोल्टी जाने छन् ।  सीको बसोबासको व्यवस्था ताहचलमा रहेको होटल सोल्टी क्राउन प्लाजामा गरिएको छ ।

त्यसका लागि उक्त होटल पूरै रिजर्भ गरिएको छ ।

सीसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नका लागि २ सय ८२ कोठा रहेको होटल नै बुक गरिएको छ ।  सीको सुरक्षाका लागि पूरै होटल रिजर्भ गरिएको हो भने होटलमा रहेको उपहार र अन्य पसलहरुसमेत बन्द गरिएका छन् ।

सीको बसोबासको लागि होट पहिले नै बुक भएपछि यस समयमा होटलले अरु पाहुनाका लागि बुक गरेको थिएन ।
सी आइतबार दिउँसो सम्म होटल सोल्टीमा रहने छन् ।

कति पर्छ भाडा ?

होटल सोल्टीको एउटा कोठाको भाडा एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । यो सामान्य भाडा दर हो । जस अनुसार सबै कोठाको तीन दिनको भाडा करिब डेढ करोड रुपैयाँ होटललाई तिर्नुपर्ने हुन्छ । यो सामान्य भाडा दरमात्र हो ।

यस्तो छ कार्यक्रम

सीका अधिकांश भेटघाट र रात्रिभोजको कार्यक्रम समेत होटल सोल्टीमा नै राखिएको छ ।

शनिवार(आज) विमानस्थलबाट सी सिधैं होलट सोल्टीमा पुग्ने कार्यक्रम रहेको छ । केही बेर आराम गरेपछि सी ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न शीतल निवास जानेछन् ।

राष्ट्रपतिसँगको शिष्टाचार भेटवार्तापछि सी पुन होटल सोल्टी फर्कने छन् । उनले सवा ७ बजे होटल सोल्टी मै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

सीको सम्मानमा होटल सोल्टीमा नै साढे ७ बजे राजकीय भोजको आयोजना गरिएको छ ।

त्यस्तै आइतवार विहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै होटल सोल्टीमै भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि साढे ११ बजे प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता र द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ११ : ४२ बजे

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

अक्करे !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्