२० दिनको कैद सजाय पाएका अभियुक्त ४ वर्षपछि पक्राउ « Khabarhub

२० दिनको कैद सजाय पाएका अभियुक्त ४ वर्षपछि पक्राउ


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– सवारी ज्यान मुद्दामा २० दिनको कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय पाएका एक प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२ घर भएका ३६ वर्षी मुख्सार मिया ठाकुर छन् ।

चितवन जिल्ला अदालतले २७ साउन २०७२ ठाकुरविरुद्ध २० दिन कैद र २ हजार रुपैयाँ कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलासँगै फरार भएका ठाकुरलाई असोज २४ गते (शुक्रबार) वीरगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज महानगरपालिका–२ छपकैयाबाट पक्राउ परेका ठाकुरलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाउने प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ०६ बजे

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई