राष्ट्रपति सीलाई सोल्टीमा राखिने, नेपाली खाना चखाउने तयारी « Khabarhub

राष्ट्रपति सीलाई सोल्टीमा राखिने, नेपाली खाना चखाउने तयारी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमणका लागि आज आउँदैछन् ।

साँझ ५ बजे विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थलमा नै सीको सम्मानमा ‘गार्ड आफ अनर’ दिने कार्यक्रम रहेको छ ।

विमानस्थलबाट सी होटल सोल्टी जानेछन् । त्यहाँ केही बेर आराम गरेर उनी शीतलनिवास जानेछन् जहाँ राष्ट्रपति भण्डारी र सीबीच छलफल हुनेछ ।

त्यहाँबाट फकिएपछि सीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले होटल सोल्टीमा नै रात्रिभोजको आयोजना गरेकी छिन् ।

दलाभात चखाउने तयारी !

सीलाई नेपाली परिकार खुवाउने तयारी गरिएको छ । त्यस्तै सीको सम्मानमा आयोजित रात्रिभोजमा नेपाली बारा तथा कुरिलो र क्वाटीसमेत उनलाई चखाउने तयारी गरिएको छ ।

साँझ साढे सात बजेबाट शुरु हुने रात्रिभोजमा सुप, एपिटाइजर, मेन कोर्ष र डिजर्ट गरि चार तहमा खानाको परिकार राखिने भएको छ ।
उनलाई दिइने भोजमा नेपाली, चिनियाँ र युरोपेली स्वादको मिश्रणको प्रवन्ध गरिएको छ ।

सीलाई सुरुमा कुरिलो र क्वाटीको नेपाली सुप उपलव्ध गराइने र त्यसपछि बारासहितको नेपाली सलाद चखाने तयारी गरिएको छ ।

केही दिन अघि चीनको विदेश मन्त्रालयबाट आएको प्रोटोकल डिभिजन चिफ होङ ली,मेजर जनरल टोङ नी सहितको उच्चस्तरीय टोलीलाई परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले डिल्लिबजार स्थित भोजन गृहमा दिईएको रात्रीभोजमा नेपाली खाना दाल,भात, तरकारी र खसीको मासु सँगै नेपाली सांस्कृतिक नृत्य र झाँकी देखाईएको थियो । यसबाट चिनियाँ टोली औधि खुसी भएका थिए ।

टोलीले राष्ट्रपति सी पनि यस्तो मौलिक संस्कृतिको पारखी भएको सन्देश उक्त रात्री भोजमा दिएपछि सरकारले सीलाई नेपाली खानाको परिकार चखाउने ईच्छा चिनियाँ समक्ष प्रकट गरेको छ ।

आजको रात्रिभोजको मुख्य खानामा भने चिनियाँ र युरोपेली खाना खुवाउने कार्यक्रम रहेको छ । चिनियाँ परिकारका लागि चीनबाट नै सेफहरु आएका छन् ।

रात्रिभोजमा करिब २५० जना सहभागी हुनेछन् । जसमा सीका साथमा चिनियाँ उच्च अधिकारीहरु सहभागी हुनेछन् । नेपालबाट भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका प्रमुख नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायीसमेत हुनेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ५१ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ