सीको स्वागतमा देउवाले गरे चिनियाँ भाषामा ट्वीट « Khabarhub

सीको स्वागतमा देउवाले गरे चिनियाँ भाषामा ट्वीट


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सामाजिक सञ्जालमार्फत नै नेपालमा स्वागत गरेका छन् ।

देउवाले सामाजिक सञ्जाल ट्वीटरमा चिनियाँ भाषामा नै सन्देश लेखेर सीको स्वागत गरेका छन् ।

शनिबार दिउँसो चिनियाँ भाषामा ट्वीट गर्दै देउवाले लेखेका छन्– ‘नेपालमा स्वागत छ ! राष्ट्रपति सी चिनफिङ ।’

शनिबार अपराह्न ५ बजेरित काठमाडौं आइपुग्ने चिनियाँ राष्ट्रपति सीले आफ्नो पहिलो राजनीतिक भेटघाट देउवासँगै गर्ने कार्यक्रम छ ।

५ बजे काठमाडौं आइपुग्ने सीले राष्ट्रपति भवन शीतल निवास पुगेर समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन् ।

राष्ट्रपति भण्डारीसँगको भेटवार्ता पनि सीले प्रमुख प्रतिपक्षी दलका सभापति तथा संसदीय दलका नेता देउवासँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भने आइतबार मात्रै भेटवार्ता हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ३ : ०६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा