सी र मोदीबीच दुईपक्षिय हितका विषयमा छलफल, कश्मीर मुद्दाबारे भएन कुराकानी « Khabarhub

सी र मोदीबीच दुईपक्षिय हितका विषयमा छलफल, कश्मीर मुद्दाबारे भएन कुराकानी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको अनौपचारिक शिखर वार्ता सफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश सचिव विजय गोखलले दुई नेताबीच ९० मिनेट वार्ता भएको बताए ।

चेन्नाइको कोवलबीचमा चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो ।

महाबलीपुरममा भएको प्रतिनिधिमण्डल स्तरको वार्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चीनसँगको मतभेदलाई झगडाको कारण बन्न नदिने बताए । पछिल्लो दुई हजार वर्षदेखि भारत र चीन विश्वको प्रमुख आर्थिक शक्ति भएको भन्दै मोदीले साथ मिलेर त्यसलाई नयाँ उचाइमा लैजाने बताए ।

चिनियाँ राष्ट्रपति सीले मोदीसँगको द्विपक्षीय छलफल सकारात्मक भएको र यो छलफलले सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।
चिनियाँ राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीलाई चीन भ्रमणको निम्तासमेत दिएका छन् ।

सी र मोदीबीचको भेटवार्तामा कश्मीरका विषयमा कुनै चर्चा र छलफल नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तर दुबै नेताबीच आतंकवादसँग जुध्ने विषयमा कुराकानी भएको मन्त्रायलको भनाइ छ ।

विदेश सचिव गोखलका अनुसार भारतले यसअघि नै कश्मीर मुद्दा आन्तरिक मामला भएको बताइसकेकोले यस विषयमा कुरा नभएको बताए । तर दुबै नेता बीच विश्व आतंकवाद र यसबाट निम्तने खतराका बारेमा भने चर्चा भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ३ : ५६ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको