बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते « Khabarhub

बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन् ।

बुढीगङ्गा नगरपालिका–१० सिगाडाकी ५५ वर्षीया खन्टी साउद र ३५ वर्षीया वसु साउद बाघको आक्रमणबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटकाअनुसार बुधबार बिहान करिब ९ बजे स्थानीय घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काट्ने क्रममा उनीहरूमाथि बाघले आक्रमण गरेको थियो ।

आक्रमणबाट दुवै महिलाको हात र खुट्टामा चोट लागेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी दुवैलाई उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ४ : ०० बजे

काठमाडौँमा ‘मलेसियन फूड फेस्टिभल २०२६’ सुरु

काठमाडौँ- मलेसियाको समृद्ध पाककला र संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्ने उद्देश्यले

पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष क्रिकेटमा कर्णाली

बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते

बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्

लमजुङका ग्रामीण गन्तव्यमा बढे पर्यटक, व्यवसायी उत्साहित

लमजुङ – लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा तिहारपछि पर्यटकको चहलपहल बढ्न

एमाले अध्यक्ष ओली र सम्पादकबीच छलफल

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको