कुमारी बैंकद्वारा विद्यालयलाई ५ थान कम्युटर र छात्रवृत्ति « Khabarhub

कुमारी बैंकद्वारा विद्यालयलाई ५ थान कम्युटर र छात्रवृत्ति


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुमारी बैंकले काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई ५ थान कम्युटर सहयोग प्रदान गरेको छ ।

बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको हो ।

कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई कम्युटर हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको  बैंकले देशभर रहेका ११२ शाखा संजाल, १०० एटीएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ०९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट