निर्वाचनमा रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव « Khabarhub

निर्वाचनमा रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् । 

मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको भन्दै अव भने रास्वपाले पाएको जनादेशलाई खेर जान दिन नहुने बताएका हुन् ।

उनले राजनीतिक र राष्ट्रिय कोर्श फरक हुने भएकाले सबैले अहिलेको परिवर्तनलाई आत्मसाथ गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा जोड दिए  ।

पूर्व राष्ट्रपति यादवले संसदमा प्रतिपक्षी नरहने भन्ने अभिव्यक्ति आफूले सुनेको भन्दै लोकतन्त्रमा प्रतिपक्षीलाई सम्मान गर्दै अघि बढ्न सक्नुपर्ने बताए ।

उनले ठूलो बलिदानीबाट आएको मुलुकमा संविधान बनेको भन्दै संविधानको परिधिभित्र रहेर राजनीतिक दलले आफ्नो क्रियाकलाप अघि बढाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ४ : ५३ बजे

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु