‘होलबडी’ चेकअप : राजधानीका कुन निजी अस्पतालमा कति शुल्क ? | Khabarhub Khabarhub

‘होलबडी’ चेकअप : राजधानीका कुन निजी अस्पतालमा कति शुल्क ?


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको समग्र स्वास्थ्य अवस्थाबारे गरिने परीक्षणलाई ‘होलबडी चेकअप’ भनिन्छ । स्वास्थ्य परीक्षणका विभिन्न प्याकेजमध्ये ‘होलबडी चेकअप’ एउटा हो।

होलबडी चेकअप मानिसको उमेर र लिंगअनुसार फरक हुन्छ । रगत, दिसा, पिसाब र विभिन्न एक्सरेबाट होलबडी चेकअप गरिन्छ ।

रगतमा रक्त समूह (ब्लड ग्रुप), सुगर, कलेजो (लिभर फङ्सन टेस्ट), युरिक एसिड, थाइराइड (थाइराइड फङ्सन टेस्ट), हेपाटाइटिस बी, सी र एचआइभी लगायत परीक्षण गरिन्छ ।

यस्तै पिसाबमा संक्रमण, सुगर, प्रोटिनको मात्रा जाँच गरिन्छ भने दिसामा संक्रमण, जुका, लगायत हेरिन्छ। होलबडी चेकअपमा मुटु, कलेजो, फोक्सो, मिर्गौला र छातीको एक्सरे पनि गरिन्छ।

होलबडी चेकअप भनेको टाउकोदेखि खुट्टासम्मको स्वास्थ्य परीक्षण हैन। यसमा बिरामीको आग्रह र चिकित्सकको सल्लाहअनुसार परीक्षण गरिन्छ ।

कतिपयले अझैसम्म एकपटक पनि होलबडी चेकअप गराएका हुँदैनन् । कतिपयलाई थाहा हुँदैन, कतिपयले महँगो खर्च लाग्छ भन्ने साेच्छन् त कतिपयले म स्वस्थ छु किन चेकअप गर्ने भन्ने सम्मका तर्क गर्छन् ।

बाहिरी रुपमा स्वस्थ देखिए पनि भित्र कसले देखेको हुन्छ र ? शरीरको भित्री रुपमा पैदा हुने सानातिना रोगले कालान्तरमा ठूलो समस्या निम्त्याउने गर्छ ।

यदि तपाईं ३० बर्षभन्दा कम उमेरको अनि स्वस्थ हुनुहुन्छ, धुम्रपान गर्नु हुन्न र तपाईंलाई कुनै रोगको जोखिम देखा परेको छैन भने, वजन बढी छैन र डाक्टरद्वारा दिईएको औषधी खानु भएको छैन भने तपाईंले हरेक दुई देखि तीन वर्षसम्म चेक अप गर्नसक्नु हुन्छ ।

तपाईंको उमेर ३०-४० वर्षको बीचमा हुनुहुन्छ र तपाईं स्वस्थ व्यक्तिमा पर्नुहुन्छ भने तपाईंले हरेक वर्षको चेकअप गर्दा राम्रो हुन्छ । यदी तपाईंको उमेर ५० नाघीसकेको छ भने तपाईंले नछुट्टाई हरेक बर्ष चेकअप गर्नु जरुरी छ ।

कुन अस्पतालमा कति शुल्क ?

अल्का अस्पताल

ललितपुरको जावलाखेल स्थित अल्का अस्पतालले होल बडि चेकअपको लागि विभिन्न प्याकेजको व्यवस्ता गरेको छ । विभिन्न प्याकेज अनुसार सामान्य स्वास्थ्य अवस्था जाँच्नको लागि ३ हजारदेखि ७ हजार शुल्क तोकिएको छ । अस्पतालले महिला विशेष प्याकेजको सेवा शुल्क ९ हजार १ सय रुपैयाँले लिने गरेको छ ।

ओम अस्पताल

राजधानीको चाबाहिलमा अवस्थित ओम अस्पतालमा पनि होल बडी चेकअपको सेवा छ । यस अस्पतालले होलबडी चेकअपको लागि महिला र पुरुषलाई फरक–फरक शुल्क तोकेको छ । अस्पतालले होलबडी चेकअपको लागि महिलालाई १३ हजार ९ सय ५ रुपैयाँ र पुरुषलाई १४ हजार ६ सय ६५ रुपैयाँ तोकेको छ ।

बि एन बि अस्पताल

बि एन बि अस्पतालमा होल बडी चेकअपको सुविधा रहेको छ ।  अस्पतालले महिला पुरुष दुवैको सामान्य स्वास्थ्य अवस्थाको लागि जेनेरल हेल्थ प्याकेज राखेको छ, जसको सेवा शुल्क अस्पतालले ५ हजार ५ सय तोकेको छ ।

अस्पतालले महिला हेल्थ प्याकेजलाई बिशेष प्राथमिकतामा राखेको छ । महिलाको लागि अस्पतालले ९ हजार ५ सयको प्याकेज, ४० बर्ष भन्दा कम उमेरको महिलाको लागि ११ हजारको प्याकेज र ४० बर्ष भन्दा माथिको लागि १२ हजारको प्याकेज गरेर ३ विशेष प्याकेज बनाएको छ ।

यस्तै पुरुषको लागि सामान्य बाहेक ९ हजार १८ हजारको हेल्थ प्याकेजको व्यवस्था गरेको छ ।

नर्भिक अस्पताल

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले पनि होलबडि चेकअपका लागि विभन्न प्याकेजको व्यवस्था गरेको छ । महिलाको लागि ७ हजार ७ सय २० देखि २० हजार ५ सय ५५ रुपैयाँको प्याकेज रहेको छ भने पुरुषको लागि ५ हजार ५ सय देखि १७ हजार २ सय ७५ रुपैयाँको प्याकेज रहेको छ ।

किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पताल

ललितपुर महालक्ष्मीस्थानमा रहेको किस्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालमा ९ हजारमा होलबडी चेकअप गर्न सकिन्छ । सामान्य चेकअप मात्र गर्ने हो भने ३ हजार सेवा शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल

काठमाडौंको टोखामा रहेको ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा पनि होल बडी जाँचको लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजार देखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ ।

दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ । १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ ।

अस्पतालले महिला स्वास्थ्यलाई ध्यानमा राख्दै दुई प्याकेजको व्यवस्था गरेको छ । प्याकेज ६ हजार देखि १५ हजार सम्मको रहेको छ । अस्पतालले महिलाहरुको लागि १६ हजारको अर्को हेल्थ प्याकेजको पनि व्यवस्था गरेको छ। यहाँ बालबालिकाको लागि ३५०० को हेल्थ प्याकेज पनि रहेको छ ।

मेडिसिटी अस्पताल

ललितपुर नक्खुमा रहेको मेडिसिटी अस्पतालले होलबडी चेकअपको लागि ४ हजारदेखि २१ हजार सेवा शुल्क निर्धारण गरेको छ ।

सुमेरु अस्पताल

ललितपुर धापाखेलमा रहेको सुमेरु अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य अवस्था सामान्य भएका मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ । यदि प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ । यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ ।

वयोधा अस्पताल

राजधानीको बल्खुमा रहेको वयोधा अस्पतालले होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँच सय र महिलाको ११ हजार पाँच सय शूल्क तोकेको छ ।

होलबडी परीक्षणपूर्व ध्यान दिनुपर्ने कुरा

–अघिल्लो राति कम्तीमा ८–१० घन्टा सुत्नुपर्छ।
–कम्तीमा २४ घण्टा अगाडिदेखि साधारण खाना खानुपर्छ।
–सुगर, कोलेस्ट्रोल र भिडियो एक्सरेका लागि कम्तीमा ८–१० घन्टा खाली पेट हुनुपर्छ।
–पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी गराउनुपर्छ।
–२४ घन्टा अघिदेखि धूमपान र मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ३९ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि