एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू)  « Khabarhub

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको छ । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लेटिनममा आयोजना गरिएको सो कार्यक्रममा २० जना भन्दा बढी लिम्ब लेस व्यक्तिहरूको सहभागिता रहेको थियो । 

‘साइडलाइनबाट स्पटलाइटसम्म’ नारा दिइएको सो कार्यक्रम केवल फेसन शो मात्र नभई आत्मविश्वास, क्षमता र पहिचान झल्काउने प्लेटफर्मको रूपमा रहेको आयोजकले जानकारी दिएको छ ।

सो कार्यक्रममा सहभागीलाई दुई सातासम्म विभिन्न प्रशिक्षण, ग्रुमिङ र व्यक्तित्व विकासका कार्यक्रममार्फत तयार गरिएको थियो ।

कार्यक्रममा कृत्रिम हातखुट्टा (प्रोस्थेटिक) प्रयोग गर्ने व्यक्तिहरूको हेरचाह र व्यवस्थापनबारे पनि जानकारी दिएको थियो । साथै, सहभागीहरूले आफ्नो प्रतिभा, आत्मबल र संघर्ष प्रस्तुत गरेका थिए ।

विश्वभर अप्रिललाई ‘लिम्ब लस अवेयरनेस मन्थ’का रूपमा मनाइने भएकाले यस कार्यक्रममार्फत सचेतना फैलाउने उद्देश्य रहेको छ । सो कार्यक्रममा  विभिन्न पेशा र पृष्ठभूमिका महिला, पुरुष तथा अन्य सहभागीहरू रनवेमा प्रस्तुत गरेका थिए ।

आयोजकका अनुसार सौन्दर्य पूर्ण शरीरमा मात्र सीमित नभई आत्मविश्वास, संघर्ष र पहिचानमा निहित हुन्छ। रनवेमा सहभागीहरूले डिजाइनर पहिरनसँगै आफ्नो प्रोस्थेटिकलाई कमजोरी होइन, आफ्नो शक्ति र पहिचानका रूपमा प्रस्तुत गरेका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १ : १० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको