सीमा मिचिएको विरोधमा नेविसंघको प्रदर्शन, प्रधानमन्त्रीको मागियो राजीनामा « Khabarhub

सीमा मिचिएको विरोधमा नेविसंघको प्रदर्शन, प्रधानमन्त्रीको मागियो राजीनामा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेको छ ।

काठमाडौंको चाबहिलमा मंगलबार गरिएको प्रदर्शनमा प्रधानमन्त्री राष्ट्रियता जोगाउन असफल भएकाले राजीनामा दिनु पर्ने नेविसंघको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’ जस्ता नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डाका साथ नारा जुलुस गरेका थिए ।

गत शुक्रबार पनि नेविसंघले नेपालको सीमा मिचिएको विरुद्धमा प्रदर्शन गरेको थियो ।

मंगलबारको प्रदर्शनमा भने नेपाली भूमि जोगाउन नसकेको भन्दै उनीहरुले सरकारप्रति चर्को आक्रोश पोखे ।

भारतले केही दिन अघि मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । उक्त नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरालगायतका भूमी आफ्नो क्षेत्रमा समेटेको छ ।

भारतले जारी गरेको नयाँ नक्सालाई लिएर पछिल्लो समय देशभर विरोध प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ११ : ३१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस