बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ? « Khabarhub

बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ?


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

निमोनिया फोक्सोमा हुने रोग हो । जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ । निमोनियाको प्रमुख कारण संक्रमण नै हो ।

संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ । बालबालिका र बूढाबूढीमा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने हुँदा बालबालिका र बूढाबूढीलाई निमोनियाको असर अझ गम्भीर रुपमा देखिन सक्छ ।

नेपालमा  गतवर्ष  जन्मेदेखि पाँचबर्ष मुनिका करिब १ हजार २ सय बालबालिकाको ज्यान गएको थियो । ज्यान गएकामध्ये श्वासप्रस्वास सम्बन्धी (एआरआई) रोगका कारण २ सय ३६ जनाको मृत्यु भयो ।

यसबाट पनि ५ बर्ष मुनिका बालबालिकाहरुमा करीब २० प्रतिशत मृत्यु निमोनिया रश्वासप्रस्वाश सम्बन्धी रोगका कारणबाट हुने तथ्यांकहरुले देखाउँछ ।

यो तथ्यांकलाई हेर्दा पनि बालबालिकाहरुमा हुने निमोनिया नेपाल लगायत विकासोन्मुख देशहरुमा जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ । जसलाई सरकारले नीति र कार्यक्रममा ध्यान दिन सकेमा ५ बर्ष मुनिका बालबालिकाहरुरमा निमोनियाका कारण हुने अकाल मृत्युलाई सजिलै रोक्न सकिन्छ र हजारौ बालबालिकाको जीवन रक्षा गर्न सकिन्छ ।

बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ । खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।

निमोनिया हुँदा देखिने लक्षण

–ज्वरो आउने

–श्वासप्रश्वास दर बढ्ने

–खोकी लाग्ने

–छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने

–श्वास फेर्न कठिन हुने

–स–साना बालबालिकाहरुले आमाको दुध नचुस्ने

– खानेकुरा खाने

निमोनियाका कारण गम्भीर संक्रमण भएमा बालबालिकाहरु बेहोस हुने, कम्पन आउने, शरीरको तामक्रम कम हुने समस्या पनि देखिन्छ ।

निमोनियाबाट हुने असर

–फोक्सोको झिल्लीभित्र पानी वा पिप भरिन सक्छ

–शरीरभर संक्रमण फैलिन सक्छ

–फोक्सोमा पिप भरिन सक्छ

निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ । आफूखुशी औषधी किनेर खानु हुँदैन ।

गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ ।

निमोनियाबाट कसरी जोगाउने बालबालिका

– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाईयो भने निमोनियाबाट जोगाउन सकिन्छ ।

–पर्याप्त मात्राको पोषणले बालबालिकाहरुको रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ । बालबालिकालाई  आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपर्छ ।

–धुवाँ, धूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ ।

–बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ ।

–बालबालिकाकाे सरसफाइमा ध्यान दिनुपर्छ ।

–सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ११ : २४ बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित