आजदेखि अनलाइनमार्फत नै श्रम स्टिकर जारी « Khabarhub

आजदेखि अनलाइनमार्फत नै श्रम स्टिकर जारी


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रविधिको प्रयोगमा जोड दिइरहेको वैदेशिक रोजगार विभागले मङ्गलबारदेखि अनलाइनमार्फत नै श्रम स्टिकर (इ–स्टिकर) जारी गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिको राहदानी टाँस्ने स्टिकरको सट्टा इ–स्टिकर जारी गर्न लागिएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिए ।

आजदेखि व्यक्तिगत श्रम स्वीकृति लिने र लिगलाइजेनशनबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई इ–स्टिकर प्रदान गरिनेछ । सोमबार इ–स्टिकरको परीक्षण गरिएको थियो ।

शुक्रबारबाट सबै प्रकारको श्रम स्वीकृतिमा इ–स्टिकर जारी गर्ने विभागको तयारी छ । प्रविधिको प्रयोगगरी गठी तथा अवैध रुपमा विदेश जाने प्रक्रिया रोक्ने विभागको योजनामा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

श्रममन्त्री गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्लेलगत्तै मातहतको कार्यालयमा प्रविधिको प्रयोग गरी छिटोछरितो तथा भरपर्दो सेवा सुविधा प्रवाहका लागि निर्देशन दिँदै आएका छन् ।

अनलाइनबाटै स्टिकर जारी भएसँगै नक्कली स्टिकर बनाई अवैध रुपमा भारतको बाटो हुँदै विदेश पठाउने क्रम अन्त्य हुनेछ । त्यस्तै स्टिकर छपाइमा लाग्ने खर्च पनि जोगिने विभागले जनाएको छ ।

अनलाइनबाट जारी गरिने स्टिकर आफूलाई चाहिएको बेला जुनसुकै ठाउँबाट पनि प्रिन्ट निकालन सकिनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १२ : ४२ बजे

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन