१३ वाणिज्य बैकले लाभांश दिने « Khabarhub

१३ वाणिज्य बैकले लाभांश दिने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले कायम रहेका वाणिज्य बैकहरुमध्ये एक दर्जनबढी वाणिज्य बैकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । घोषणा गरेका वाणिज्य बैंकहरुमध्ये केहीले नगद लाभांशसहित वोनस शेयर समेत दिने घोषणा गरेका हुन् ।

एनएमबि बैंकले २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै ग्लोबल आईएबई बैंकले १२.७५ प्रतिशत बोनस तथा १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

ग्लोबल आइएमई बैकसँग मर्जरको अन्तिम तयारीमा रहेको जनता बैंकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गर्न आगामी मंसिर ६ गते साधारणसभा बोलाइसकेको छ ।

सिभिल बैंकले ६.५७ प्रतिशत, मेगा बैंकले ११.७५ प्रतिशत र वैदेशिक लगानी समेत रहेको स्टान्डर्ड चार्टर्ड बैंकले २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।

सनराइज बैंकले १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभांशसहित कूल १५.८ प्रतिशत लाभांश वितरण गर्दा सिद्धार्थ बैंकले १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गर्दैछ ।

नविल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने नेपाल बंगलादेश बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गर्दा एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयरसहित कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १२ : ५१ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण