निद्रामा झस्कने समस्या छ ? यस्ता छन् कम गर्ने ७ उपाय | Khabarhub Khabarhub

निद्रामा झस्कने समस्या छ ? यस्ता छन् कम गर्ने ७ उपाय


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा निद्रामा झस्किने समस्या हुने गर्दछ । तर मानिस किन निद्रामा झस्किन्छन्, यस बिषयको ठोस कारण अझै सम्म वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् ।

केहिले निद्रामा झस्कनुको कारण मनोसामाजिक तथा मानसिक कारण बताउँछन् भने केहिले यो समस्या तनावका कारण हुने भन्दछन् । तथापि मानिस किन निद्रामा झस्किन्छ, त्यसको यकिन कारण भने पत्ता लागेको छैन ।

राति राम्रोसँग निद्रा नपर्ने, पातलो निद्रा हुने, नराम्रो सपना देखिने र शारीरिक समस्याका कारण मानिस निद्रामा झस्किन्छन् ।

मानसिक तनाव भएका ब्यक्ति वा अधिकाशं चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ । यस्तो समस्या हुदाँ निद्राको बीचबीचमा बिउझिने, डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ ।

यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ । कहिलेकाही पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरु निद्रामा झस्किने गर्दछन् ।

अझ रक्सी र लागुऔषध धेरै खाने मानिसहरुमा पनि यस्तो समस्या आउन सक्छ । कतिपय निद्राको औषधि सेवन गर्ने मानिसमा पनि यस्तो समस्या आउन सक्छ ।

कसरी बच्ने ?

निद्रामा झस्कने बानीबाट बच्नका लागि सुरुमा आफू किन निद्रामा झस्किन्छु भन्ने कारण थाहा पाउन जरुरी हुन्छ । यसको कारण पत्ता लगाएर उपचार सुरु गरेमा निद्राबाट झस्कने समस्या विस्तारै कम भएर जान्छ । यी कुरामा ख्याल गरेमा निद्रामा झस्किने समस्याबाट बच्न सकिन्छ ।

१. बेलुका सुत्ने तालिका सधैँ एउटै बनाउने र उठ्ने समय पनि एउटै पार्ने ।

२. बेलुका सुत्ने बेलामा कफी, रक्सी, धुमपानको सेवन नगर्ने ।

३. आफू सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी त्याग्ने ।

४. सुत्ने कोठामा बत्ति नबाल्ने, बाल्नु परेपनि कम चम्किलो बत्ति मात्र बाल्ने ।

५. भविष्य, काम, अध्ययन वा पारिवारिक चिन्ता कम गर्ने, सकेसम्म तनाव नलिने ।

६. दैनिक बिहान न्युनतम आधा घण्टा शारीरिक ब्यायाम गर्ने वा हिँड्ने बानीको विकाश गर्ने ।

७. दिउँसो सुत्ने बानी छ, त्यसलाई बिस्तारै हटाउने, आफूलाई दिनभर व्यस्त राख्ने ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : ५१ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक