बंगलादेशलाई हराउँदै नेपाली महिला टिम फाइनलमा | Khabarhub Khabarhub

बंगलादेशलाई हराउँदै नेपाली महिला टिम फाइनलमा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ को सेटले पराजित गर्यो ।

यस अघि नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

अब नेपालले अन्तिम खेलमा बुधबार बलियो टिम माल्दिभ्सको सामना गर्ने छ ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो र चौथो हुने टिमले तेस्रो स्थानहासिलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ५ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’