बंगलादेशका राष्ट्रपतिद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन « Khabarhub

बंगलादेशका राष्ट्रपतिद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले मंगलबार अपराह्न भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।

हमिदले भक्तपुर दरबार स्क्वायरका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका हुन् ।

उनलाई भक्तपुरका मेयर सुनील प्रजापति र उपमेयर रञ्जना जोशी लगायतले स्वागत गरेका थिए । भक्तपुरको न्यातपोल मन्दिर अवलोकनपश्चात उनले तौमडीमा साँस्कृतिक कार्यक्रमअन्तर्गत देवी नाचसमेत समेत हेरेका थिए ।

५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी आज नेपाल भ्रमणमा आएका हुन्। नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। भ्रमणकै क्रममा उनी पोखरा समेत पुग्नेछन् । हमिद शुक्रबार स्वेदश फर्कने छन्।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : २४ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको