इन्स्टाग्रामा अब लाइक संख्या नदेखिने, विभिन्न देशमा परीक्षण « Khabarhub

इन्स्टाग्रामा अब लाइक संख्या नदेखिने, विभिन्न देशमा परीक्षण


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जाल फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले लाइकको संख्या लुकाउने आफ्नो परीक्षणलाई तिव्रता दिएको छ ।

यसैसातादेखि अमेरिकी प्रयोगकर्ता माझ यसको परीक्षण सुरु हुने कम्पनीले जनाएको छ ।

इन्स्टाग्रामले यसअघि जापान, ब्राजिल र क्यानडाका सीमित प्रयोगकर्ता माझ यसको परीक्षण आरम्भ गरेको थियो । परीक्षणको नतिजा सकारात्मक आएको भन्दै कम्पनीले अमेरिकामा पनि यसको परीक्षण थाल्ने भएको हो ।

केही समयपछि विश्वभरका प्रयोगकर्ताको इन्स्टाग्राम लाइक संख्या लुकाउने कम्पनीको योजना छ । अमेरिकामा इन्स्टाग्रामका १० करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

लाइक संख्याले आफ्नो प्लेटफर्ममा सेलिब्रेटी र साधारण प्रयोगकर्ताबीच वर्ग छुट्याउने भन्दै इन्स्टाग्रामले लाइक संख्या नदेखाउने फिचरको परीक्षण सुरु गरेको हो ।

आफ्नो पोष्टमा आएको लाइक तथा कमेन्ट संख्या प्रयोगकर्ताले हेर्न पाउने भए पनि अन्य प्रयोगकर्तालाई भने त्यो देखाइने छैन । यो फिचरले प्रयोगकर्तामाझ लाइक बढाउने अस्वस्थ प्रतिस्पर्धा नहुने कम्पनीको धारणा छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ५ : ५४ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण