प्रदेश प्रमुख बर्खास्तसम्बन्धमा आयोगको प्रस्टीकरणप्रति कांग्रेस रुष्ट « Khabarhub

प्रदेश प्रमुख बर्खास्तसम्बन्धमा आयोगको प्रस्टीकरणप्रति कांग्रेस रुष्ट


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्रदेश प्रमुख बर्खास्त गरेको घटनाले निर्वाचन आचारसंहिता नमिचिएको भनेर निर्वाचन आयोगले दिएको प्रस्टीकरणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “निर्वाचन आचारसंहिताको परिच्छेद—४ को ९ मा ‘नयाँ पद सिर्जना गर्न या रिक्त पद पूर्ति गर्न’ समेत नपाइने प्रष्ट व्यवस्था उल्लेख छ । कर्मचारीका हकमा मात्रै भन्ने तर्क दिएर उन्मुक्ति खोज्नु नैतिक दृष्टिले सतप्रतिशत गलत हुन्छ ।”

आचारसंहिता आचार र व्यवहारसँग सम्बन्धित नैतिक दायराको बन्दोबस्त भएको बताउँदै उनले आचारसंहिता लागू भएपछि रिक्त पदसमेत पूर्ति गर्न नपाइने प्रस्ट व्यवस्था उल्लेख हुँदाहुँदै निर्वाचन आयोगले प्रदेश प्रमुखहरु बर्खास्त प्रकरणमा एकाङ्गी धारणा सार्वजनिक गर्नु आपत्तिजनक भएको टिप्पणी गरे ।

निर्वाचन आयोगसँग पूर्वसहमति लिएर अत्यावश्यक निर्णय लिन मिल्ने आवश्यकताको सिद्धान्त आकर्षित भएको नदेखिनु तर निर्वाचन आयोग जस्तो साझा संवैधानिक निकायले निरिहता प्रकट गर्नुलाई आगामी दिनको लोकतान्त्रिक अभ्यासका लागि सुखद सङ्केत मान्न नसकिने प्रवक्ता शर्माको भनाइ थियो ।

पार्टीका तर्फबाट यसबारे केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरिएको र सो समितिले केही दिनभित्रै निर्वाचन आयोगको नेतृत्वलाई भेटेरै ध्यानाकर्षण गराउने उनले जानकारी गराए ।

कांग्रेसले आचारसंहिताको नैतिक दायराभित्र रहेर स्वस्थ प्रतिस्पर्धामा उत्रन सबै पक्षलाई आग्रह गर्दै इमानदार कार्यान्वयनमा प्रभावकारी भूमिका निभाउनसमेत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : १६ बजे

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा