सोमबारको उत्साह टिकेन : नेप्से पुनः ओरालो « Khabarhub

सोमबारको उत्साह टिकेन : नेप्से पुनः ओरालो


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ ।

सोमबार दोहोरो अङ्कले उकालो लागेको बजारको वृद्धि मंगलबार भने कायम हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५.६१ विन्दुले घटेर एक हजार १३९.९६ विन्दुमा कायम भयो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ विन्दुले घटेर २५१.५७ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकममा भने औसतमा नै रहेको छ । कूल १६१ कम्पनीको १० लाख ८२ हजार ८१५ कित्ता शेयर रु ३७ करोड ९८ लाख ४९ हजार ४३५ मूल्यमा खरीद–बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज उत्पादन समूहको मात्रै शेयर बढेको छ । सो समूहको शेयर ९.१८ विन्दुले बढ्दा बैंकिङ ५.३१, होटल १३.०५, विकास बैंक १३.१८, जलविद्युत् ६.९२, वित्त ३.६८, निर्जीवन बीमा ५५.८९, अन्य ०.०६, लघुवित्त १०.९९, जीवन बीमा ५.२५ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ ।

उत्पादन समूहतर्फको हिमालयन डिस्टिलरीको सबैभन्दा बढी कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६ करोड ९७ लाख ४० हजार ३५८ मूल्य बराबरको शेयर कारोवार भयो ।

यस्तै एनएमबी बैंक रु ६ करोड ४५ लाख ५८ हजार ९०१, चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड ५० लाख एक हजार ९४०, नबिल बैंक रु एक करोड ६० लाख ९८ हजार २५७, कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु एक करोड २५ लाख ४० हजार, प्रभु बैंक रु एक करोड सात लाख ४९ हजार ७९४ र एनसिसी बैंकको रु ९५ लाख १० हजार ६९४ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार आज हिमालयन डिस्टिलरीको प्रतिशेयर रु १२९ ले बढेको छ । कारोवारका आधारमा शीर्ष स्थानमा रहेको सो कम्पनीका शेयरधनीले आज ७.५४ प्रतिशतले कमाएका छन् । यस्तै घोडाघोडी लघुवित्त ५.८३, सबैको लघुवित्त वित्तीय संस्था ५.२०, नेपाल इन्भेस्टमेन्ट बैंक ३.१५, युनिभर्सल पावर २.६३, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक १.९५ र गणपति माइक्रोफाइनान्सका शेयरधनीले १.६९ प्रतिशतले कमाए ।

त्यस्तै जोशी हाइड्रो पावर ५.०८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ४.९९, नयाँ नेपाल लघुवित्त विकास बैंक ४.२८, विजय लघुवित्त वित्तीय संस्था ४.१३, आइएमई जनरल इन्सुरेन्स ४.०४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले चार प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ४३ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव