नेपाल भाषा साहित्य लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता « Khabarhub

नेपाल भाषा साहित्य लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल भाषा साहित्य लोप हुने अवस्थामा पुगेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले नेपाल भाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनसम्मका विषयमा चासो राख्दै त्यसमा व्यापक सुधारको आवश्यता रहेको बताएका हुन् ।

पछिल्लो समय नेपालभाषा बोल्नेको संख्या न्यून भएसँगै साहित्यमा समेत त्यसको प्रभाव परेकोमा साहित्यकारहरुले चिन्ता व्यक्त गरे ।

काठमाडौंमा भएको कार्यक्रममा साहित्यकार बसन्त महर्जनले नेपालभाषाको साहित्य विकास गर्न आन्तरिक छलफल र अन्तक्रिया आवश्यक रहेको बताए ।

‘खास गरी खस नेपाली र नेपालभाषाका पुस्तक ५०० प्रति प्रकाशित हुँदै आएका छन् । तर हाम्रो साहित्य बिक्री गर्न गाह्रो छ ।,’ साहित्यकार महर्जनले भने ।

साहित्य विकास गर्न नेपाल भाषा प्रयोग गर्नेको संख्या बढाएर गुणस्तरमा ध्यान दिनुपर्ने उनले तर्क राखे ।

कार्यक्रममा साहित्यकार राजुराम मुनकर्मीले गजल साहित्यको छन्द, मात्रादेखि अन्य प्राविधिक पक्षको विषयमा चर्चा गरेका थिए । उनले आफ्नै रचनाको गजल समेत वाचन गरेका थिए ।

नेपाल भाषा सफू सहकारीका अध्यक्ष हरिप्रसाद श्रेष्ठले सहकारीमार्फत नेपालभाषाको साहित्य विकास गर्नुपर्नेमा जोड दिए ।

श्रेष्ठले सहकारीमार्फत साहित्य क्षेत्रमा रुचि राख्ने महानुभावलाई सदस्य बनाएर पुस्तक वितरण, विमोचन, प्रकाशन तथा अन्य तबरले सहकार्य गर्दै आएको बताए ।

हुन पनि साहित्यप्रति रुचि बढाउन र विकास गर्न केही वर्ष यतादेखि नेपालभाषा सफू बहुउद्देश्यीय सहकारी संस्थाले अभियानै चलाएको छ ।

यसैबीच, यःमरी पूर्णिमाको दिन बसन्तपुरमा आयोजित कार्यक्रममा लेखक धर्म महर्जनको गजल संग्रह विमोचन गरिएको थियो ।

नेपालभाषा साहित्यको ‘धर्म पासाया गजल गंगा’ पुस्तकमा ३० वटा गजल संलग्न छन् । लेखक महर्जनले यसअघि बिदाई कविता संग्रह, मनका तरङ्ग मुक्तक संग्रह, मनमैजु दर्पण, बुद्धकालीन कथा र परित्राण, मनमैजुको उत्पत्ति तथा अन्य नेपालीभाषाका साहित्य रचना गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ७ : ०९ बजे

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको