नेपाल भाषा साहित्य लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता | Khabarhub Khabarhub

नेपाल भाषा साहित्य लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल भाषा साहित्य लोप हुने अवस्थामा पुगेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले नेपाल भाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनसम्मका विषयमा चासो राख्दै त्यसमा व्यापक सुधारको आवश्यता रहेको बताएका हुन् ।

पछिल्लो समय नेपालभाषा बोल्नेको संख्या न्यून भएसँगै साहित्यमा समेत त्यसको प्रभाव परेकोमा साहित्यकारहरुले चिन्ता व्यक्त गरे ।

काठमाडौंमा भएको कार्यक्रममा साहित्यकार बसन्त महर्जनले नेपालभाषाको साहित्य विकास गर्न आन्तरिक छलफल र अन्तक्रिया आवश्यक रहेको बताए ।

‘खास गरी खस नेपाली र नेपालभाषाका पुस्तक ५०० प्रति प्रकाशित हुँदै आएका छन् । तर हाम्रो साहित्य बिक्री गर्न गाह्रो छ ।,’ साहित्यकार महर्जनले भने ।

साहित्य विकास गर्न नेपाल भाषा प्रयोग गर्नेको संख्या बढाएर गुणस्तरमा ध्यान दिनुपर्ने उनले तर्क राखे ।

कार्यक्रममा साहित्यकार राजुराम मुनकर्मीले गजल साहित्यको छन्द, मात्रादेखि अन्य प्राविधिक पक्षको विषयमा चर्चा गरेका थिए । उनले आफ्नै रचनाको गजल समेत वाचन गरेका थिए ।

नेपाल भाषा सफू सहकारीका अध्यक्ष हरिप्रसाद श्रेष्ठले सहकारीमार्फत नेपालभाषाको साहित्य विकास गर्नुपर्नेमा जोड दिए ।

श्रेष्ठले सहकारीमार्फत साहित्य क्षेत्रमा रुचि राख्ने महानुभावलाई सदस्य बनाएर पुस्तक वितरण, विमोचन, प्रकाशन तथा अन्य तबरले सहकार्य गर्दै आएको बताए ।

हुन पनि साहित्यप्रति रुचि बढाउन र विकास गर्न केही वर्ष यतादेखि नेपालभाषा सफू बहुउद्देश्यीय सहकारी संस्थाले अभियानै चलाएको छ ।

यसैबीच, यःमरी पूर्णिमाको दिन बसन्तपुरमा आयोजित कार्यक्रममा लेखक धर्म महर्जनको गजल संग्रह विमोचन गरिएको थियो ।

नेपालभाषा साहित्यको ‘धर्म पासाया गजल गंगा’ पुस्तकमा ३० वटा गजल संलग्न छन् । लेखक महर्जनले यसअघि बिदाई कविता संग्रह, मनका तरङ्ग मुक्तक संग्रह, मनमैजु दर्पण, बुद्धकालीन कथा र परित्राण, मनमैजुको उत्पत्ति तथा अन्य नेपालीभाषाका साहित्य रचना गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ७ : ०९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते