काठमाडौंका प्रथम जननिर्वाचित मेयरको निधन | Khabarhub Khabarhub

काठमाडौंका प्रथम जननिर्वाचित मेयरको निधन


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठको निधन भएको छ ।

उनको शुक्रवार बिहान ७ बजे निधन भएको हो । उनकी बुहारी रीनाका अनुसार जनकमान बिगत १ बर्षदेखि लिभर क्यान्सरको समस्यासँग जुधिरहरेका थिए ।

श्रेष्ठ मंसिर ८ गते ९२ बर्ष पूरा गरेर ९३ बर्षमा प्रवेश गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि जनतामा जनमैत्री प्रशासन र आफ्नै आँगनमा बलियो सरकारको अपेक्षा थियो । तर, यसका लागि आवश्यक संरचना ज्ञान भने थिएन । २००८ सालमा काठमाडौं नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो । यही ऐनका आधारमा २०१० साल भाद्र १० गते नगरपालिकाको चुनाव सम्पन्न भयो ।

त्यसबेला सभापति र उपसभापति(मेयर र उपमेयर) को छुट्टै उम्मेद्वारी हुँदैनथ्यो । पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे । तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानून थियो । त्यसैबमोजिम जनकमानले वडा २ बाट उम्मेद्वारी दिएका थिए ।

उनका प्रतिस्पर्धीका रुपमा लगन टोल समितिका कांग्रेसबाट दामोदर शर्मा, ब्रह्म टोलबाट तुलसीबहादुर बास्तोला (पाटन हाइस्कूलका शिक्षक), इनाखा टोलमा रत्नमान सुब्बा (मिल्ट्रीका ग्राजुएट अफिसर)को सम्भावना थियो । तर तीमध्ये तुलसीबहादुर र रत्नमानले उनकै समर्थन गरे ।

दामोदर शर्माले उम्मेद्वारी दिए । यीबाहेक प्रजा परिषद्का कनकबहादुर जोशीको पनि उम्मेद्वारी प¥यो । त्यस निर्वाचनमा वडा २ (हालको वडा १२ र २१) मा ४ वटा मतदान केन्द्र थिए भने हरेक केन्द्रमा ३/३ वटा मतपेटिका थिए । हरेक उम्मेद्वारका लागि एक पतपेटिका (आफूले जुन उम्मेद्वार चुन्नु पर्ने हो उसैको पेटिकामा मत दिनु पर्ने) थिए ।

निर्वाचनमा करीव २५०० मत ल्याएर जनकमान निर्वाचित भए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : ३५ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय