काठमाडौंका प्रथम जननिर्वाचित मेयरको निधन « Khabarhub

काठमाडौंका प्रथम जननिर्वाचित मेयरको निधन


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौका प्रथम जननिर्वाचित मेयर जनकमान श्रेष्ठको निधन भएको छ ।

उनको शुक्रवार बिहान ७ बजे निधन भएको हो । उनकी बुहारी रीनाका अनुसार जनकमान बिगत १ बर्षदेखि लिभर क्यान्सरको समस्यासँग जुधिरहरेका थिए ।

श्रेष्ठ मंसिर ८ गते ९२ बर्ष पूरा गरेर ९३ बर्षमा प्रवेश गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि जनतामा जनमैत्री प्रशासन र आफ्नै आँगनमा बलियो सरकारको अपेक्षा थियो । तर, यसका लागि आवश्यक संरचना ज्ञान भने थिएन । २००८ सालमा काठमाडौं नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो । यही ऐनका आधारमा २०१० साल भाद्र १० गते नगरपालिकाको चुनाव सम्पन्न भयो ।

त्यसबेला सभापति र उपसभापति(मेयर र उपमेयर) को छुट्टै उम्मेद्वारी हुँदैनथ्यो । पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे । तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानून थियो । त्यसैबमोजिम जनकमानले वडा २ बाट उम्मेद्वारी दिएका थिए ।

उनका प्रतिस्पर्धीका रुपमा लगन टोल समितिका कांग्रेसबाट दामोदर शर्मा, ब्रह्म टोलबाट तुलसीबहादुर बास्तोला (पाटन हाइस्कूलका शिक्षक), इनाखा टोलमा रत्नमान सुब्बा (मिल्ट्रीका ग्राजुएट अफिसर)को सम्भावना थियो । तर तीमध्ये तुलसीबहादुर र रत्नमानले उनकै समर्थन गरे ।

दामोदर शर्माले उम्मेद्वारी दिए । यीबाहेक प्रजा परिषद्का कनकबहादुर जोशीको पनि उम्मेद्वारी प¥यो । त्यस निर्वाचनमा वडा २ (हालको वडा १२ र २१) मा ४ वटा मतदान केन्द्र थिए भने हरेक केन्द्रमा ३/३ वटा मतपेटिका थिए । हरेक उम्मेद्वारका लागि एक पतपेटिका (आफूले जुन उम्मेद्वार चुन्नु पर्ने हो उसैको पेटिकामा मत दिनु पर्ने) थिए ।

निर्वाचनमा करीव २५०० मत ल्याएर जनकमान निर्वाचित भए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : ३५ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर