रेमिट्यान्स लिन प्रतिस्पर्धा गर्ने तर सहुलियत कर्जा नदिने बैंकहरु सुध्रिनुपर्छ : श्रेष्ठ « Khabarhub

रेमिट्यान्स लिन प्रतिस्पर्धा गर्ने तर सहुलियत कर्जा नदिने बैंकहरु सुध्रिनुपर्छ : श्रेष्ठ


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई बैंकहरुले सहुलियत कर्जा प्रवाह गर्न अटेर गरेको गुनासो गरेका छन् ।

बैंकहरु कामदारले बिदेशबाट पठाएको विप्रेषण लिन प्रतिस्पर्धा गर्ने तर सहुलियत कर्जा दिन बैंकहरु तयार नभएको उनले बताएका छन् ।

अन्तरास्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को अवसरमा आयोजित ´कामदारका लागि रेमिट्यान्स र वित्तीय साक्षरतामा अभिमुखिकरण तालिमको भुमिका` विषयक अन्तरक्रिया कार्यक्रममा उनले बैंकहरुले पनि आफ्नो दायित्व बहन गर्नुपर्नेमा जोड दिए ।

बोर्डले गत वर्ष विदेशबाट नेपाल फर्किएकाहरुलाई सहुलियत कर्जा दिनको लागि १८ हजार युवाको आवेदन संकलन गरेको थियो तर सो आवेदन अनुरुप क वर्गका बैंकहरुले सहुलियत कर्जा प्रवाह नगरेपछि श्रेष्ठले बैंकहरुको ध्यानाकर्षण गरेका हुन् ।

नेपालमा नै केही गर्छु भनेर बैंक जाने युवालाई १० लाख रकम ५ वर्षका लागि देऊ भन्दा नदिने तर रेमिट्यान्स जम्मा गर्न मात्रै प्रतिस्पर्धा गर्ने ? आक्रोश पोख्दै श्रेष्ठले भने “सहुलियत कर्जा प्रदान गर्नका लागि बनाइएको कार्यविधी परिमार्जन गरौँ, तरपनि बैंकहरु कर्जा दिन तयार भएनन् ।के अब राज्य मात्र जिम्मेवार हुनुपर्ने हो ?” समृद्धि त्यसै आउँदैन उनले भने सरकारसंगै निजि क्षेत्र, कामदार पनि जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।

बैदेशिक रोजगारमा जाने कामदरको अकालमा हुने मृत्युदर कम गराउने, उनीहरुको मानसिक स्वास्थ्य सुधार र कामदारको आर्थिक बचत गर्न सघाउ पुर्याउने गरि आगामी कार्ययोजना बनाइएको नेपाल वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघका महासचिव राजाराम गौतमले बताए ।

ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत महेश शर्मा ढकालले कामदारले बिदेशमा कमाएको रकमको सही सदुपयोग गर्न वित्तीय साक्षरता जगाऊन सघाउने कार्यक्रम गर्ने सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : ५४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल