डेपुटी गभर्नर निलम्बन प्रकरणः छानबिन प्रतिवेदन मन्त्रिपरिषदमा « Khabarhub

डेपुटी गभर्नर निलम्बन प्रकरणः छानबिन प्रतिवेदन मन्त्रिपरिषदमा


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमा‍डौं– अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्धको छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।

श्रेष्ठमाथि परेको उजुरीको आधारमा छानबिनपछिको प्रतिवेदनलाई राष्ट्र बैंकले बुधवार अर्थ मन्त्रालयमा पठाएको थियो । उक्त प्रतिवेदन प्राप्त भएलगत्तै अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।

गत कात्तिक ३० गतेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी क्रियाकलापमा सरकारलाई सहयोग नगरेको, केन्द्रीय बैंकसम्बद्ध विभिन्न मुद्दामा विपक्षीलाई सघाएको र बैंक तथा वित्तीय संस्थाहरूसँगको मिलेमतोमा विभिन्न अनियमितता गरेको भन्दै श्रेष्ठमाथि छानबिन गर्ने निर्णय गरेको थियो । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी परेका थिए ।

राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिमा रहेका रामजी रेग्मी र सुबोधलाल कर्णले श्रेष्ठविरुद्ध परेका उजुरीको आधारमा छानबिन गरी प्रतिवेदन तयार पारेका हुन् ।

छानबिन समितिले श्रेष्ठको अनियमितताबारे प्रत्येक विभागबाट प्राप्त तथ्यांक, सोधपुछ लगायतको आधारमा प्रतिवेदन तयार पारेको हो । छानबिनको शुरुआतमा राष्ट्र बैंक अन्तर्गतका सबै विभागबाट श्रेष्ठले हस्ताक्षर गरेका फाइलको विवरण संकलन गरिएको थियो ।

समितिका अनुसार प्रतिवेदनमा यसअघि तत्कालीन एपेक्स बैंक, अहिले प्रभु बैंकमा गाभिएको ग्राण्ड बैंकको फाइल लुकाएकोबारे उल्लेख छ । यसैगरी श्रेष्ठले अर्जेन्टिना, स्पेन, बंगलादेश, थाइल्यान्ड, श्रीलंका लगायतका देशमा जाँदा आर्थिक हिनामिना गरेको उजुरीको आधारमा समितिले छानबिन गरी उक्त खर्चबारे उल्लेख गरेको बताएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : ५९ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि