मेयर शाक्यको प्रश्न– टुँडिखेल किन्न को आउँछ ? « Khabarhub

मेयर शाक्यको प्रश्न– टुँडिखेल किन्न को आउँछ ?


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टुँडिखेल कसैले बेच्दा पनि नबेच्ने र कसैले किन्दा पनि नकिन्ने टिप्पणी गरेका छन् ।

महानगरको २५ औं महानगर दिवसको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा शाक्यले अकुपाइ टुँडिखेलको नाममा राजनीति गर्न खोजिएकोसमेत आरोप लगाए ।

उनले टुँडिखेलमा धरहरा, वीर अस्पताल र दरबार हाईस्कुलको निर्माण सामग्री राखेको र त्यो सामान राख्दैमा टुँडिखेल बेच्यो भनेर विरोधमा उत्रनुको कुनै अर्थ नभएको बताए ।

‘टुँडिखेल सार्वजनिक जग्गा हो’ मेयर शाक्यले भने ‘त्यो न कसैले बेच्छ न कसैले किन्छ ।’

जति अभियान सञ्चालन गरेपनि तत्काल टुँडिखेल खाली नहुने बताउँदै उनले भने ‘वीर अस्पताल, दरवार हाइस्कुल र धरोहरा निर्माणधीन रहेकाले संरचनाको निर्माण सम्पन्न नभएसम्म टुँडिखेल खाली हुँदैन ।’

उनकाअनुसार संरचना निर्माण सकिएपछि ती स्थान खाली हुनेछन् ।

अकुँपाइ टुडिखेल अभियान सञ्चालन भइरहँदा धेरैले टुँडिखेललाई महानगरले बेच्यो भन्दै विरोध गरेको बताए । ‘महानगरले टुँडिखेल बेच्यो भनेर विरोध गर्नुपर्दैन’ शाक्यले भने ‘त्यो महानगरले बेच्दा पनि बेच्दैन र किन्न पनि कोही आउँदैन ।’

छातीमा विरोधको नारा भिरेर टुँडिखेल बेच्न पाइँदैन भन्नुको अर्थ नभएको र सार्वजनिक सम्पति कसैले नकिन्ने जानकारीमा राख्न मेयर शाक्यले आग्रह गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : २१ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर