दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्छु–जोनसन | Khabarhub Khabarhub

दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्छु–जोनसन


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले बेलायतको आमनिर्वाचनमा ‘ऐतिहासिक’ जित हात पारेपछि उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन् ।

एक सिटको नतिजा आउन बाँकी रहँदा जोनसनको पार्टीले आवश्यक बहुमतभन्दा ७७ सिट बढी जितिसकेको छ । बेलायतमा बोल्दै जोनसनले यस जितलाई अर्को महिना ईयूबाट बेलायतलाई अलग्याउने जनादेश बताएका छन् ।

आफ्नो आधारक्षेत्रमा पराजित भएपछि लेबर पार्टीका जेरेमी कोर्बिनले अर्को निर्वाचनमा आफूले नेतृत्व नगर्ने बताएका छन् ।

विजय सम्बोधनमा जोनसनले कार्यकर्ताहरूलाई ‘हामीले गर्यौँ’ भन्दै यस नतिजाले देशको लागि नयाँ बिहानी सुरु भएको बताए ।

उनले लेबर मतदाताहरूले पहिलोपटक कन्जर्भेटिभ पार्टीलाई मत हालेकोमा धन्यवाद दिँदै आफूले ‘नागरिकको सरकार’को नेतृत्व गर्ने र आफूलाई दिइएको ‘पवित्र विश्वास’लाई न्याय गर्ने बताए ।

“म दिनरात मेहनतले काम गरेर तपाईँको मलाई मत हाल्ने निर्णयलाई सही प्रमाणित गर्छु र अर्को पटकलाई समर्थन पाउने प्रयास गर्छु,” उनले भने।

“मानिसहरूले परिवर्तन चाहेका छन्… हामीले उनीहरूलाई निराश बनाउन हुन्न ।”

एक निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहँदा कन्जर्भेटिभले ३६४ स्थानमा र लेबरले २०३ स्थानमा जितेका छन् ।

यसको अर्थ सन् १९८७ को आमनिर्वाचन यता संसद्‍मा कन्जर्भेटिभको सबैभन्दा ठूलो उपस्थिति हुनेछ ।

लेबरले भने सन् १९३५ यताकै सबैभन्दा खराव नतिजा प्राप्त गर्ने देखिएको छ । लिबरल डेमोक्र्याटका नेता जो स्वीनसनले निर्वाचनमा पराजित भएपछि नेतृत्व छोड्ने बताएकी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ०५ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय