अब पूर्ण रुपमा नेपालमै बनेको मोटरसाइकल चढ्न पाइने ! « Khabarhub

अब पूर्ण रुपमा नेपालमै बनेको मोटरसाइकल चढ्न पाइने !


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवा उद्यमीहरुको प्रयासमा पहिलोपटक पूर्ण रुपमा नेपालमै निर्मित मोटरसाइकल सडकमा देख्न पाइने भएको छ ।

नेपाली युवा उद्यमीहरुको स्टार्टअप कम्पनी ‘यात्री’ले आफ्नो ‘प्रोजेक्ट जीरो’अन्तर्गत विद्युतीय मोटरसाइकल सडकमा उतार्न लागेको हो ।

यात्रीले उक्त मोटरसाइकल १९ डिसेम्बर (३ पुस)मा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

यात्रीले आफ्नो आधिकारिक वेवसाइट र ट्वीटर ह्यान्डिलमा डिसेम्बर १९ मा ‘सोकेस’का रुपमा ‘प्रिमियम इलेक्ट्रिक मोटरसाइकल’ सार्वजनिक हुने जनाएको छ ।

सन् २०१७ मा काठमाडौंमा स्थापना भएको यो कम्पनीले सन् २०१८ देखि प्रोजेक्ट जीरोअन्तर्गत इलेक्ट्रिक मोटरसाइकल बनाउने परियोजना शुरु गरेको थियो ।

कम्पनीले १९ डिसेम्बरमा लञ्च हुने मोटरसाइकलका विशेषताबारे भने केही उल्लेख गरेको छैन ।

यद्यपि, कम्पनीले आफ्नो ट्वीटर ह्यान्डमा उक्त मोटरसाइकलका केही स्केच, प्रोटोटाइप र भिडियोहरु भने सार्वजनिक गरेको छ । ट्वीटरमा सार्वजनिक गरिएको प्रोटोटाइपमा यात्रीले क्याफे रेसर डिजाइनमा उक्त मोटरसाइकल तयार गरेको अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ३१ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर