तातोपानी भन्सारका हाकिम, जसले घुस मात्रै ९ करोड उठाए « Khabarhub

तातोपानी भन्सारका हाकिम, जसले घुस मात्रै ९ करोड उठाए


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रमुख बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बस्नेतले अकूत सम्पत्ति आर्जन गरी आफूसहित आफन्तका नाममा राखेको उजुरीका आधारमा अख्तियारले उनीमाथि छानबिन शुरु गरेको थियो ।

२०४५ सालमा लेखापालको रुपमा सरकारी सेवामा प्रवेश गरेका बस्नेतले त्यसयता (हालसम्म) १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँ ८२ पैसा मात्रै बैधानिक रुपमा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

तर, उनले आम्दानीभन्दा बढी १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा खर्च तथा बचत गरेको देखिएको छ ।

अकूत सम्पत्ति आर्जनको अभियोग लागेको तातोपानी भन्सार कार्यालयका प्रमुख बस्नेत, तस्वीर– भन्सार विभाग

अख्तियारका अनुसार बस्नेतले विदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ्ग व्इवसायी एवम् भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस तथा रिसवत लिएर ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ उठाएका देखिएको छ ।

उनले उक्त रकम संखुवासभाको खाँदबारी–१ बस्ने आफ्ना जेठान नबिनकुमार गौलीलाई उठाउन लगाएका पनि अख्तियारको अनुसन्धानबाट खुलेको छ । ज्वाइँले घुसका रुपमा उठाएको रकमबाट नबिनले विभिन्न ठाउँमा जमिन तथा घर किन्ने गरेका थिए । जेठान नविनले किनेको घर तथा जग्गाहरु पछि बस्नेतले बक्सिस रुपमा लिएको भन्दै आफ्नो नाममा नामसारी गर्न लगाउँथे ।

अख्तियारले प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतको हकमा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो तथा बिगोअनुसारको जरिवाना, २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

यस्तै, उनका जेठान नबिन कुमार गौलीको हकमा ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ बिगो तथा २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरिएको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

अख्तियारले कृष्णबहादुरकी श्रीमती सबिता गोली बस्नेत तथा नबिनकुमार गौलीकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौलीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । अख्तियारले सबिता, सकुन्तला र शुलभको हकमा गैरकानूनी रुपमा आर्जन गरेर उनीहरुको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : १० बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर