औद्योगिक प्रशिक्षार्थी आदानप्रदान गर्न जापान तयार « Khabarhub

औद्योगिक प्रशिक्षार्थी आदानप्रदान गर्न जापान तयार


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानले औद्योगिक प्रशिक्षार्थी आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताएको छ ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल उद्योग परिसङ्घका पदाधिकारीबीच भएको छलफलमा राजदूत साइगोले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा सहकार्य गर्न तयार रहेको बताए ।

उनले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताए। सो अवसरमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल र जापानबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

जापानको आर्थिक तथा व्यावसायिक विकासबाट नेपालले सधै लाभ लिइरहेको र यसलाई थप विस्तार गर्न जापानको लगानी बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्न परिसङ्घ तयार रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष मोरले जापानमा औद्योगिक परीक्षार्थी आदान प्रदान गर्ने सन्दर्भमा सहकार्य गर्न सकिने बताएको परिसङ्घले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ६ : ५७ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर