झरी परिरहँदा खेलाडीको नगर परिक्रमा [फोटो फिचर] « Khabarhub

झरी परिरहँदा खेलाडीको नगर परिक्रमा [फोटो फिचर]


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपले नगर परिक्रमा गराएको छ ।

शुक्रबार ११ बजेबाट नगर परिक्रमा सुरु हुने भनिएपनि बिहानै देखि बर्षा सुरु भएपछि खेलाडीको नगर परिक्रमा प्रभावित बनेको थियो ।

तर पानी नरोकिएपछि बर्षाकैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको हो ।

पदक विजेता खेलाडीलाई राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव रमेह कुमार सिलवाल र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले खेलाडीलाई माला र अविर लगाएर सम्मान समेत गरे ।

राखेप परिशर त्रिपुरेश्वरबाट सुरु भएको नगर परिक्रमा न्यूरोडभित्र छिरेर भोटाहिटिबाट निस्किँदै रत्नपार्क, प्रदर्शनीमार्ग सिंहदरबार पश्चिम गेट, थापाथली हुँदै त्रिपुरेश्वर पुगेर समापन भएको थियो ।

पानीमा भिज्दा पनि पदक विजेता खेलाडीहरुको उत्साहमा कमी आएको थिएन ।  उनीहरुले नेपाल… नेपाल भन्दै नारा समेत लगाएको थिए । नेपालको झण्डा बोक्दै खेलाडी र्‍यालीमा सहभागि भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ७ : १२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी