झरी परिरहँदा खेलाडीको नगर परिक्रमा [फोटो फिचर] « Khabarhub

झरी परिरहँदा खेलाडीको नगर परिक्रमा [फोटो फिचर]


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपले नगर परिक्रमा गराएको छ ।

शुक्रबार ११ बजेबाट नगर परिक्रमा सुरु हुने भनिएपनि बिहानै देखि बर्षा सुरु भएपछि खेलाडीको नगर परिक्रमा प्रभावित बनेको थियो ।

तर पानी नरोकिएपछि बर्षाकैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको हो ।

पदक विजेता खेलाडीलाई राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव रमेह कुमार सिलवाल र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले खेलाडीलाई माला र अविर लगाएर सम्मान समेत गरे ।

राखेप परिशर त्रिपुरेश्वरबाट सुरु भएको नगर परिक्रमा न्यूरोडभित्र छिरेर भोटाहिटिबाट निस्किँदै रत्नपार्क, प्रदर्शनीमार्ग सिंहदरबार पश्चिम गेट, थापाथली हुँदै त्रिपुरेश्वर पुगेर समापन भएको थियो ।

पानीमा भिज्दा पनि पदक विजेता खेलाडीहरुको उत्साहमा कमी आएको थिएन ।  उनीहरुले नेपाल… नेपाल भन्दै नारा समेत लगाएको थिए । नेपालको झण्डा बोक्दै खेलाडी र्‍यालीमा सहभागि भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ७ : १२ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर