पोखरामा आकाशे पुल निर्माणको काम शुरु  « Khabarhub

पोखरामा आकाशे पुल निर्माणको काम शुरु 


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकहरुमा आकाशे पुल (ओभरहेड ब्रिज) निर्माणको काम थालेको छ ।

बढ्दो सवारी चापलाई न्यूनीकरण गरी पैदलयात्रीलाई सहज आवागमन सुविधा प्रदान गर्न महानगरले सिर्जनाचोक, पृथ्वीचोक र बिपीचोकमा आकाशे पुल निर्माण गर्न लागेको जनाएको हो ।

वडा नं ८ स्थित सिर्जनाचोकमा बन्न लागेको पुलको आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्दै पर्यटकीय शहर पोखरा शान्त, सुरक्षित र कोलाहल मुक्त छ भन्ने सन्देश विश्वलाई दिनुपर्नेमा जोड दिए । उनले भने, “ बजार क्षेत्रमा बन्ने आकाशे पुलबाट सर्वसाधारणलाई सहज हुन्छ । दुर्घटनाको जोखिमसमेत घटाउने छ । ”

महानगरले रु दुई करोड ३० लाख ११ हजार लागतमा सो पुल आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने गरी केएम जेभिएनएस जेभी पोखरासँग ठेक्का सम्झौता गरेको छ ।

पुलको एक स्थानबाट प्रवेश गरेपछि चारै दिशातर्फ जान मिल्ने गरी स्टिल संरचनामा निर्माण गरिने इञ्जिनीयर बाबुराम भण्डारीले जानकारी दिए । उनकाका अनुसार चालू वर्षभित्रमा अन्य दुई स्थानमा समेत निर्माण थालनी गरिने छ ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरामा आकाशे पुल वर्षौंदेखिको आवश्यकताका रुपमा रहेको चर्चा गर्दै यसलाई प्रदेश गौरवको योजनाका रुपमा लिनुपर्ने बताए ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आकाशेपुल निर्माण पहिलो प्रयास भएकाले निर्धारित मितिभित्रमै सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने खाँचो औँल्याए ।

महानगर प्रमुख मानबहादुर जिसीले आकाशे पुलसँगसँगै मुख्य चोकमा ट्राफिक बत्ती राख्ने योजनासमेत अघि बढेको जानकारी दिए ।

उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्ष रुद्रनाथ बरालले पोखरा विकास र समृद्धिको यात्रामा महानगर अघि बढेको बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : १५ बजे

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष