इराक पुर्‍याउन दिल्लीमा सेटिङ, एजेन्टले घरधनीसँगै पहिल्यै लिन्छन ५ हजार डलर « Khabarhub

इराक पुर्‍याउन दिल्लीमा सेटिङ, एजेन्टले घरधनीसँगै पहिल्यै लिन्छन ५ हजार डलर


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगारीमा जाने धेरै महिला इराममा फस्ने गरेको पछिल्लो तथ्यांक आएको छ । इराकमा कामदार पुर्‍याउन भारतमा सेटिङ हुने गरेको छ । नेपालबाट भारत पुर्‍याइएका महिलालाई दलालहरुले सोझै इराक पठाउने गरेका छन् । त्यहाँ पुगेपछि उद्धार गरी फर्काउन निक्कै मुस्किल रहेको छ ।

फर्केका नेपाली महिला कामदारका अनुसार इराकमा सबैभन्दा धेरै घरेलु महिला कामदारको माग छ । इराकमै कार्यरत नेपाली र भारतीय एजेन्टहरुले गैरकानुनी बाटो हुँदै नेपाली महिलालाई इराक पुर्‍याउने गरेको कान्तिपुर दैनिकमा खबर छ । इराकको कुर्दिस्तान, बासरा र बगदाद क्षेत्रमा सबैभन्दा धेरै नेपाली पुगेका छन् । घरधनीले महिला कामदार लैजान एजेन्टलाई पहिल्यै ४ देखि ५ हजार डलर बुझाउने गरेका छन् ।

त्यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण गतिविधिलाई सरकारले प्रतिबन्धित गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा गतिहिन भएको छ । पार्टीका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको १० महिना बित्दा पनि एकीकरण पूरा नहुनु र राजनीतिक प्रतिवेदन प्रकाशित नहुनुले उच्च नेतृत्वमाथि नैतिक प्रश्न खडा गरेको बताएका छन् । तर, पार्टीका महासचिव विष्णु पौडेलले भने अहिले अध्यक्षहरुले नै एकता प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका कारण तीव्रगतिमा काम भइरहेको र चाँडै एकता प्रक्रिया टुंगिने बताएका छन् ।

साना उद्योगमा विदेशी लगानी खुला नगर्न दबाब, संसद अधिवेशन चैत दोस्रो सातासम्मलगायतका खबर प्रकाशित भएका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : १० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर