काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग सहमतिमा जानुको विकल्प नभएको बताएका छन् ।
खबरहबसँग कुरा गर्दै नेता सापकोटाले विप्लव नेतृत्वको पार्टी र वर्तमान सरकारले यो विषयमा गम्भीरता पूर्वक सोच्नुपर्ने बताएका छन् ।
‘दुबै थरिले गम्भीरता पूर्वक सोच्नुपर्छ । यो विषय राजनीतिक हो, सहमतिमा जानुपर्छ’ नेता सापकोटाले भने ।
यो सरकारले गर्ने निर्णय भएका कारण यसविषयमा पार्टीसँग कुनै छलफल नभएको र अब पार्टीमा छलफल हुने बताए ।
प्रतिक्रिया