मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार गरि स्वदेश पठाइयो « Khabarhub

मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार गरि स्वदेश पठाइयो


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– रोजगारीको शिलशिलामा मलेसिया पुगेर अलपत्र परि घर फिर्ती केन्द्रमा रहेका २३ जना नेपाली कामदारको मलेसियास्थित नेपाली राजदूतावासले उद्दार गरेको छ । उद्धार गरिएका नेपालीलाई नेपाल पठाइएको छ ।

नेपाली राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ती केन्द्रमा रहेका, हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका २३ जना नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गरिएको हो ।

फागुन महिनाको १६ गते १ जना, २१ गते ४ जना र २८ गते १८ जनालाई नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

नेपाली राजदूतावासले फाल्गुन महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दार गर्ने उद्देश्यले भेटघाट गरेर जानकारी लिएको दूतावासले जनाएको छ ।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्दार गर्न जरुरी देखि दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराए स्वदेश फर्काएको हो ।

अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  २ : ४९ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग