बाल यौन दुराचारको अभियोगमा चर्चका धर्मगुरु पेललाई ६ वर्षको जेल सजाय « Khabarhub

बाल यौन दुराचारको अभियोगमा चर्चका धर्मगुरु पेललाई ६ वर्षको जेल सजाय


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्याथोलिक चर्चका धर्मगुरु तथा भ्याटिकनका पूर्व ट्रेजरर कार्डिनल जर्ज पेललाई अष्टे«लियाको एउटा अदालतले बाल यौन दुराचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ ।

अष्टे«लियाको भिक्टोरिया राज्यको काउन्टी अदालतले कार्डिनल पेललाई सन् ९० को दशकमा मेलबर्न शहरमा दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको हो ।

क्याथोलिक इसाई धर्मका सबैभन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसका पूर्व सल्लाहकार समेत रहेको कार्डिनल पेल बाल यौन दुराचार अभियोगमा जेल सजाय पाउने सबैभन्दा वरिष्ठतम क्याथोलिक धर्मगुरु हुन् ।

अदालतमा कुनै धार्मिक पोसाक बिना उपस्थित कार्डिनल पेललाई सजाय सुनाउँदा उनले कुनै भावनात्मक प्रतिक्रिया नदेखाएको अष्टे«लियाका सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफू निर्दोष रहेको बताउँदै आएका छन् । आफू निर्दोष रहेको भन्दै उनले उपल्लो अदालतमा पुनरावेदन समेत दिएको बताइएको छ । उनको पुनरावेदनमा आगामी जुन महिनामा सुनुवाई हुनेछ ।

पेल आर्चविशप रहेको मेलबर्नको सेन्ट प्याट्रिक चर्चमा सन् १९९६ र १९९७ मा उनले दुई जना १३ वर्षीय बालकहरुमाथि यौन दुव्र्यवहार गरेको अदालतले ठहर गरेको थियो ।

तीमध्ये एक पीडितको सन् २०१४ मा निधन भएको थियो भने अर्का पीडितले अभियोजनकर्तासमक्ष कार्डिनल पेलविरुद्ध बयान दिएका थिए । अष्टे«लियाको कानूनअनुसार पीडितको पहिचान भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ३ : ०१ बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या