विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्धलाई कांग्रेसको समर्थन « Khabarhub

विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्धलाई कांग्रेसको समर्थन


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धलाई घुमाउरो रुपमा कांग्रेसले समर्थन गरेको छ ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गम्भीर बन्ने कुराप्रति  र नागरिकको शान्ति शुरक्षा कायम गर्नका लागि सरकारलाई पार्टीको समर्थन रहेको बताएका छन् । उनले संविधान भन्दा बाहिरका गतिविधि नियन्त्रणका लागि, नागरिकको शान्ति सुरक्षाका लागि राज्य कठोर बन्नुपर्ने बताए ।

शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको भएको भन्दै प्रवक्ता शर्माले समस्याको शान्तिपूर्ण निकाश र दीर्घकालिन समस्या समाधानका लागि वार्ता र छलफल गर्नुपर्ने बताए ।

‘कांग्रेस पार्टी हरेक फरक मतको अन्तिम समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट चाहन्छ’ प्रवक्ता शर्माले भने,‘यसमा सरकार गम्भीर बन्नुपर्छ ।’
संविधान भन्दा बाहिरका गतिविधि नियन्त्रणका लागि र नागरिकको शान्ति सुरक्षाका लागि राज्य कठार भएर जानु पर्ने उनले बताए ।

प्रवक्ता शर्माले सीके राउतसँग गरिएको सम्झौताका विषयमा भने कांग्रेसले समर्थन गर्न नसक्ने बताएका छन् । राउतसँगको सम्झौतामा उल्लेखति बुँदाहरुमा सकारात्मक बुँदा र नकारात्मक बुँदा वा मनोविज्ञान एउटै दस्तावेजमा रहेको उनले बताए  ।

सरकारले सीके राउतसँग घुमाउरो पारामा जनमतसँग्रह स्वीकार गरेको देखिएको भन्दै त्यसप्रति कांग्रेसको गम्भीर विमत्ति रहेको शर्माको भनाइ थियो । जनमतसँग्रह गर्ने गरि गरिएको सम्झौतालाई कांग्रेसले राष्ट्रघाती सम्झौता करार गरेको उनले बताए ।

प्रवक्ता शर्माले मधेशमा देखिएको समस्या समाधानका लागि संविधानमा संशोधन गर्दै अगाडि बढ्नु पर्ने बताए ।

समस्या समाधान गर्न भने सरकारलाई कांग्रेसले साथ दिने प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ४ : ०५ बजे

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगियो

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको

खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका