ठगीको आरोपमा डेल्टा म्यानपावरका सञ्चालक पक्राउ | Khabarhub Khabarhub

ठगीको आरोपमा डेल्टा म्यानपावरका सञ्चालक पक्राउ


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेल्टा म्यानपावरका सञ्चालक राजन केसीले आफूहरुलाई ठगेको भन्दै केही युवाहरुले उनलाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार विभाग बुझाएका छन् ।

तुर्किमिनिस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ६० जनासँग पैसा असुलेको तर नपठाएको भन्दै उनीहरुले सञ्चालक केसीलाई  नियन्त्रणमा  गरी विभागमा बुझाएका हुन् ।

सञ्चालक केसीले तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ६० जनासँग प्रति व्यक्ति ४ लाखका दरले पैसा उठाएको उनीहरुको आरोप छ ।

आफूहरु पीडित भएको बताउने ती युवाहरुले उनलाई बानेश्वरस्थिति म्यानपावरबाटै नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि विभागमा बझाएका थिए ।

ती युवाहरुले दिएको उजुरीको आधारमा आवश्यक  अनुसन्धानका  लागि केसीलाई बानेश्वर प्रहरी विटमा पठाइएको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ६ : २७ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड