डुआन थि हुओङलाई रिहाइ गर्न भियतनामी विदेशमन्त्रीको आग्रह « Khabarhub

डुआन थि हुओङलाई रिहाइ गर्न भियतनामी विदेशमन्त्रीको आग्रह


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भियतनाम– भियतनामले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोगमा मुद्धा खेपिरहेकी भियतनामी नागरिकलाई रिहा मलेशियासमक्ष आह्वान गरेको छ ।

भियतनामका विदेशमन्त्री फाम बिन्ह बिन्हले आफ्ना मलेशियाली समकक्षी सैफुद्दिन अब्दुल्लाहसँगको टेलिफोन वार्ताका क्रममा मलेशियामा किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोगमा मुद्धा खेपिरहेकी आफ्नी नागरिक ३० वर्षे डुआन थि हुओङलाई मुक्त गर्न आह्वान गरेको भियतनामको सरकारले जनाएको छ ।

त्यसबाहेक भियतनाम सरकारका न्यायमन्त्री ले थान्ह लङले पनि मलेशियाका महान्यायाधीवक्तालाई पत्र लेख्दै आफ्नी नागरिकलाई मुक्त गर्न आग्रह गरेको भियतनाम सरकारले जनाएको छ । किम जोङ उनका सौतेनी दाजुको सन् २०१७ को फेब्रुअरी महिनामा मलेशियाको राजधानी कुआलालम्पुरमा प्रतिबन्धित विषाक्त रसायन भीएक्स नर्भ एजेण्टको प्रयोग गरी हत्या गरिएको थियो । हत्यामा संलग्न अर्की अभियुक्त इण्डोनेशियाकी सिती आइशालाई यसअघि मलेशियाले रिहा गरिसकेको छ । यस्तो अवस्थामा आफ्नी नागरिकलाई पनि रिहा गर्न भियतनाम सरकारले मलेशियासमक्ष आह्वान गरेको हो ।

कुआलालम्पुरको विमानस्थलमा सन् २०१७ को फेब्रुअरी महिनामा उत्तर कोरियाली जासुसहरुले दुई युवतीलाई जापानी टेलिभिजन रियालिटी शोका लागि प्रयाङ्क गर्न भन्दै किम जोङ नामको अनुहारमा भीएक्स नर्भ दल्न लगाएका थिए । भीएक्स नर्भ दलेको केही समयभित्रै किम जोङ नामको मृत्यु भएको थियो ।

किम जोङ नामलाई विषाक्त रसायन दल्ने दुई मध्ये इण्डोनेशियाकी युवतीलाई गत सोमबार मुक्त गरिएको थियो । यस घटनामा संलग्न भियतनामकी अर्की युवती भने अझैपनि जेलमै रहेको बताइएको छ ।

युवतीको पक्षबाट मुद्धा लडिरहेका वकिलहरुले भने ती दुई युवतीलाई फसाइएको भन्दै उनीहरुलाई रिहा गर्नुपर्ने र हत्याको घटनामा संलग्न मुख्य दोषीहरु उत्तर कोरियाली जासुसहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : २० बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।