भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड « Khabarhub

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धनलाई जोड दिएको छ । 

नेपाल भौगर्भिक समाजद्वारा यहाँ आयोजित तिन दिने उक्त सम्मेलनमा हिमालयको भूवैज्ञानिक विकास, भूकम्प, पहिरो, जलवायु परिवर्तन, जलस्रोत, खनिज स्रोत, उत्थानशील पूर्वाधार तथा आधुनिक भूवैज्ञानिक प्रविधिका विषयमा गहन मन्थन भएको समाजका अध्यक्ष अध्यक्ष भास्कर खतिवडाले जानकारी दिए  ।

 सम्मेलनका क्रममा हिमालयन भूविज्ञान, टेक्टोनिक्स, इन्जिनियरिङ भूविज्ञान, पर्वतीय पूर्वाधार, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, जलस्रोत, खनिज तथा ऊर्जा स्रोत, डिजिटल भूविज्ञान, रिमोट सेन्सिङ, नीति तथा पेशागत अभ्यासलगायत विषयमा वैज्ञानिक छलफल भएको थियो । 

समाजका अनुसार, नेपालसहित २७ देशका ३४५ जना भूवैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा सरोकारवालाको सहभागिता रहेको सम्मेलनमा रसुवाको विपद् तथा बहुप्रकोपीय जोखिमलगायतका विषयमा केन्द्रित भई अध्ययन तथा अनुसन्धान प्रस्तुति गरियो ।

सम्मेलनमा उत्थानशील, दिगो तथा स्रोत–सुरक्षित विश्वका लागि हिमालयन भूविज्ञानको उन्नयन विषयमा केन्द्रित रही छलफल भएको समाजका महासचिव शिवकुमार बाँस्कोटाले जानकारी दिए । 

उनका अनुसार सम्मेलनका क्रममा विषयबस्तु केन्द्रित सातवटा मुख्य वक्तव्य, १३ वटा आमन्त्रित प्रस्तुति, ७६ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति र ५८ वटा पोस्टर प्रस्तुति समावेश गरिएको थियो ।

सम्मेलनमा सहभागीले बहुविषयगत अनुसन्धान, वैज्ञानिक तथ्याङ्कको गुणस्तर सुधार, आधुनिक अनुगमन प्रविधिको प्रयोग, विपद् जोखिम न्यूनीकरण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिएको महासचिव बास्कोटाले जानकारी दिए ।

सम्मेलनले हिमालयन तथा पर्वतीय भूविज्ञान क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न तथा अनुसन्धानका क्षेत्रमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र वैज्ञानिक समुदायबीच समन्वय र सहयोग बढाउन सुझाव  दिएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ८ : ४७ बजे

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

काठमाडौँ– १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद्

पर्सामा एक महिनामा ११८ अपराधका उजुरी, १२२ जना पक्राउ

वीरगञ्ज– गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी

राइजिङ स्टार्स एसिया कपमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्स  क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

सोलुखुम्बु– यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा

सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा